You are viewing the translated version of समितिको प्रतिवेदन.

Rule 32
समितिको प्रतिवेदन
(१) समितिले नेपाल सरकारले संविधानको धारा ५३ बमोजिम पेश गरेको प्रतिवेदनको सम्बन्धमा छलफल तथा राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रगतिशिल कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गरी सिफारिससहितको प्रतिवेदन तयार गरी सभामा पेश गर्नेछ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदन सभापति सदस्य रहेको सभामा सभापतिले र अर्को सभामा सो समितिमा रहेको उक्त सभाको सदस्यमध्ये ज्येष्ठ सदस्यले पेश गर्नेछ।